
बाँकेका समुदायिक विद्यालयमा शिक्षाको बजेट त बढ्यो, तर नतिजा उस्तै कमजोर आशा परियार - नेपालगन्ज : शिक्षा मन्त्रालयको तथ्यांक हेर्दा राज्यले शिक्षा क्षेत्रमा वर्षेनी खरबौं रुपैयाँ लगानी गरिरहेको देखिन्छ । बाँके जिल्लामै हेर्ने हो भने विद्यालयको पूर्वाधार निर्माण, पाठ्यपुस्तक वितरण, पाठ्यक्रम प्रवद्र्धनदेखि छात्रवृत्ति कार्यक्रमसम्ममा बजेट विस्तार भएको छ । शिक्षा क्षेत्रमा राज्यको भारी लगानीका बाबजुद बाँकेका सामुदायिक विद्यालयले अपेक्षित गुणस्तर हासिल गर्न सकेका छैनन् । वर्षेनी अरबौं रुपैयाँ बजेट विनियोजन हुने यो क्षेत्रमा विद्यार्थीहरूको नतिजा भने निराशाजनक बनेको छ । बाँकेमा कूल ५७० वटा पूर्वप्राथमिक तहका सामुदायिक विद्यालय छन् भने २०५ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् । १ देखि १२ कक्षासम्म सञ्चालन हुने सामुदायिक विद्यालय २४८ छन् भने संस्थागत २०५ र धार्मिक विद्यालय १३१ वटा रहेकाछन् । २०८१ सालको एसइई परीक्षामा बाँके जिल्लाबाट ८२३१ जना विद्यार्थी सहभागी भए । जसमध्ये सामुदायिक विद्यालयका ५,४२१ जना सहभागी भए पनि मात्र २५३२ जनाले परीक्षा उत्तीर्ण गरे । उत्तीर्ण प्रतिशत ४७....